जर्मन कपः मोनचेनग्लाडबाकसँग ५-० ले हार्दै बायर्न दोस्रो चरणबाट बाहिरियो – Nepal Press

जर्मन कपः मोनचेनग्लाडबाकसँग ५-० ले हार्दै बायर्न दोस्रो चरणबाट बाहिरियो

काठमाडौं । बायर्न म्युनिख बुधबार राति भएको जर्मन कप दोस्रो चरणको खेलमा बोरुसिया मोनचेनग्लाडबाकसँग ५-० गोलको नतिजामा पराजित भएको छ ।

बार्यन सन् १९७८ पछि पहिलोपटक फराकिलो गोल अन्तरले पराजित भएको हो । यो हार सँगै बार्यन लगातार दोस्रोपटक जर्मन कपबाट बाहिरिएको छ ।

मोनचेनग्लाडबाकका लागि कोउवाडिओले खेल सुरू भएको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै रामे बेन्सेबानीले १५औँ र २१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

पहिलो हाफमा तीनको अग्रता कायम गरेको मोनचेनग्लाडबाकका लागि ब्रिल इम्बोलोले दोस्रो हाफको ५१औँ र ५७औँ मिनेटमा गोल गर्दै टोलीलाई ५-० गोलको अग्रता दिलाए । खेलको अन्तिम मिनेटसम्म पनि कुनै गोल फर्काउन नसकेपछि बार्यन ५-० को नतिजामा पराजित भएको थियो ।

यो जित सँगै मोनचेनग्लाडबाक जर्मन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर