अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबलकाे बागडाेर सम्हाल्ने – Nepal Press

अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबलकाे बागडाेर सम्हाल्ने

काठमाडौं । पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने निर्णय गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार  फुटबल एशाेसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनले  थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएकाे छ।

अल्मुताइरीले सामाजिक सञ्जालमा  यसबारे जानकारी  दिँदै नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेकाे बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा  लेखेका छन्,’कर्माछिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । यसमा सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद ।’

नयाँ चुनौतीको लागि तयार रहेकाे जनाउँदै अब्दुल्लाहले भनेका छन्, ‘हामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौं । तपाईहरुलाई म वाचा गर्छु कि नेपाली फुटबलको भविष्य राम्रो हुनेछ । हामीलाई केही समय दिनुहोस् ।’

उनले आफूलाई देखाएको माया र समर्थन एकदमै महत्त्वपूर्ण रहेको बताउँदै नेपाली समर्थकको मुटुमा आफूलाई बस्न दिन भनेका छन् ।

‘मलाई मात्रै नेपाली दर्शकको समर्थन र माया चाहिने होइन,’ अब्दुल्लाहले भनेका छन्, ‘नेपाली खेलाडीलाई पनि समर्थन चाहिएको छ । समर्थन गर्नुहोस्। हामीमा विश्वास गर्नुहोस्। माया गर्नुहोस्। ’

हालै माल्दभ्सिमा भएको साफ च्याम्पियनसीपका क्रममा अल्मुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका थिए । उनले साफ फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर