फिल्म सेटबाट अनुपमले गरे नेपाली पाइलटको प्रशंसा – Nepal Press

फिल्म सेटबाट अनुपमले गरे नेपाली पाइलटको प्रशंसा

काठमाडौं । अनुपम खेर र बोमन इरानीको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘उचाइ’ छायांकन अहिले नेपालमा भैरहेको छ ।

सगरमाथा क्षेत्रको लुक्ला र नाम्चेमा दुई साता छायांकन गरिएपछि अहिले मनाङका हिमाली भूभागमा फिल्म सुटिङ भैरहेको छ । अझै केही दिन फिल्म सुट हुने फिल्मको नेपाल व्यवस्थापन हेरेको थ्री हिव्लर्स पिक्चर्सले जनाएको छ ।

हेलिकोप्टर उडानको कारण अहिले फिल्मको कास्ट एन्ड क्रिउलाई एकठाउँबाट अर्को ठाउँमा जान सजिलो भैरहेको छ । कलाकारले समेत हेलिकोप्टरमा उडान भरेका तस्बिरहरु सेयर गरिरहेका छन् ।

आफूले हेलिकोप्टरमार्फत कठिन भौगोलिक बनावटमा पुगेर फिल्म सुटिङ गरिरहेको भन्दै अनुपमले ती ठाउँमा उडान भर्ने पाइलटहरुको प्रशंसा गरेका छन् ।

अनुपम लेख्छन्, ‘म उडान गर्दा प्रायः नर्भस हुन्छु । जुनसुकै जहाज उडाएपनि म विश्वका सबै पाइलटलाई उत्तिकै सम्मान गर्छु । मैले उचाइ फिल्म सुटिङको क्रममा हेलिकोप्टरमार्फत निकै कठिन भूगोलहरुमा उडान भरेको छु । म विशेष गरी विवेक खड्का र एन्डी थापाजस्ता पाइलटलाई धन्यवाद दिन चाहन्छु । कठिन परिस्थितीमा पनि उनीहरुले कसरी उडान गरेका छन् भन्ने कुराले मलाई रोमाञ्चित तुल्याएको छ ।’

अल्टिच्युड एयरका ती दुई पाइलटले समेत उचाइ फिल्मको क्रिउलाई उडान भर्नेबेलाका तस्बिर सेयर गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *