पूर्वराजपरिवारसँग सेलिब्रिटी, पारसलाई हिमानीको स्वागत (फोटो फिचर) – Nepal Press
पूर्वराजपरिवारसँग सेलिब्रिटी, पारसलाई हिमानीको स्वागत (फोटो फिचर)
नेपाल प्रेस २०७८ कार्तिक ५ गते १८:५९
२०७८ कार्तिक ५ गते १८:५९

काठमाडौं । राजसंस्था खारेज भएयता पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक गतिविधिमा सक्रिय छिन् । उनले सञ्चालन गरेको ‘हिमानी ट्रस्ट’ ले सोमबार काठमाडौंको सोल्टी होटलमा चियापान कार्यक्रम आयोजना गर्यो ।

दसैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि निम्त्याएको थियो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह कार्यक्रममा उपस्थिति थिए । यस्तै पूर्वयुवराजपारस पनि आएका थिए । हिमानीले ट्रस्टका पदाधिकारीहरुसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरिन् ।

कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी आफ्नो ट्रस्टको औपचारिक सारी चोलो लगाएकी थिइन् । पारसले सट पाइन्ट र कोर्ट लगाएका थिए । पारस र हिमानी पुत्र हृदयन्द्रले राष्ट्रिय पोशाक लगाएका थिए । पूर्वरानी कोमल भने कार्यक्रममा अनुपस्थित रहिन् ।

पारस र हिमानीबीच संवाद भएको देखिएन । बरु पारस र ज्ञानेन्द्रले छोटो कुराकानी गरेका थिए ।

कार्यक्रममा आगन्तुकहरुको पूर्वराजपरिवारप्रति राम्रै आकर्षण देखियो । कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल लगायत हिमानी ट्रस्टका निम्तो मान्न आएका थिए ।

हिमानी ट्रस्टले आयाजना गरेको एक कार्यक्रममा सेलिब्रिटीहरुलाई समेत डाकेर चियापान आयोजना गर्यो । कार्यक्रममा पूर्वयुवराजधिराज पारस पनि उपस्थित थिए ।







































 



तस्बिरहरुः सरोज बैजु