विश्वकप छनोट– पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक – Nepal Press

विश्वकप छनोट– पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले लक्जेम्वर्गमाथि ५–० गोलअन्तरको शानदार जित हासिल गरेको छ ।

यो जितले पोर्चुगललाई समूह ए को दोस्रो स्थानमा पुर्‍याएको छ । पोर्चुगल टिम अंकतालिकामा सर्वियाभन्दा १ अंकले पछाडि छ । समूहको अन्तिम खेलमा यी दुई टोली भिड्दैछन् ।

रोनाल्डोले दुईपल्ट पेनाल्टीमा गोल गरे भने अर्को एक गोल डेहमार्फत गरी अरिकरको ५८औं ह्याट्रिक पूरा गरेका हुन् ।

बुर्नो फर्नान्डेज र जोआओ फलहिन्हाले पनि एक एक गोल थपे । घरेलु टोलीलाई ३–० को स्थितिमा पुर्‍याउन फर्नान्डेजले १८औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

तर, समाचारका हेडलाइनमा म्यानचेस्टर युनाइटेडका सुपरस्टार तथा फर्नान्डेजका टिममेट रोनाल्डोकै चर्चा योग्य रहन्छ । जसले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ११५ पुर्‍याएका छन् ।

३६ वर्षीय रोनाल्डोले दुई महिनाअघि मात्र सर्बाधिक अन्त्र्राष्ट्रिय गोलका रुपमा इरानका अली देईको १०९ गोलको कीर्तिमान तोडेका थिए ।

पोर्चुगलले समूहको अन्तिम खेल सर्वियासँग खेल्नुअघि रिपब्लिक अफ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर