कतार विश्वकपमा छनोट हुने पहिलो टिम बन्यो जर्मनी – Nepal Press

कतार विश्वकपमा छनोट हुने पहिलो टिम बन्यो जर्मनी

एजेन्सी । नर्थ मासेडोनियामाथि ४–० गोलअन्तरको जितसँगै जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट हुने आयोजकपछिको दोस्रो टोली बनेको छ ।

उमेर समूहमा इंग्ल्याण्ड टोलीबाट खेलेका जमाल मुसियालाले जर्मनीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा टिमले प्रभावशाली जित हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा थियो । काइ हाभेट्जले ५०औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । जसका लागि थोमस मुलरले निस्वार्थ पास उपलब्ध गराएका थिए ।

टिमो वेर्नरले गरेको गोलमा पनि मुलरकै पास थियो । वेर्नरले ७० र ७३औं गरी तीन मिनेटको अन्तरमा २ गोल गरेपछि जर्मनीले ३ गोलको अग्रता बनाएको थियो । त्यसपछि ८३औं मिनेटमा जमालले गोल गरेका हुन् ।

यो खेल जमालको जर्मन प्रभावका लागि पछिसम्म सम्झिइने छ । चेल्सीको एकेडेमीका १८ वर्षीय यी उत्पादनले इंग्ल्याण्डका लागि विभिन्न उमेरसमूहको राष्टिय टोलीबाट १९ पल्ट खेलेका छन् ।

जर्मन आमाबाट जन्मेका उनले सिनियर करिअरमा जर्मन टोली रोजेका हुन् । नवौं रखेलमा उनले पहिलो गोल गरेका हुन् ।

हान्सी फ्लिक प्रशिक्षित जर्मन टोली बीसौंपल्ट विश्वकपका लागि छनोट भएको हो । जर्मनीभन्दा अगाडि ब्राजिलले मात्रै २१औं पल्ट विश्वकप खेलेको छ । ्

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर