फ्रान्सले नेशन्स लिग उपाधि जित्दा एम्बाप्पेको निर्णायक गोल – Nepal Press

फ्रान्सले नेशन्स लिग उपाधि जित्दा एम्बाप्पेको निर्णायक गोल

एजेन्सी । केलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि युईएफए नेशन्स लिगको फाइनलमा फ्रान्सले स्पेनलाई २-१ गाेलअन्तरले पराजित गरेको छ । नेशन्स लिग जित्ने फ्रान्स दोस्रो देश बनेको छ ।

मिलानको सान सिरो रंगशालामा करिम बेन्जिमाले बराबरी गोल फर्काएपछि एम्बाप्पेले स्पेनी गोलरक्षक उनाई साइमनलाई छक्याउँदै गरेको गोललाई अफसाइड नदिएकोमा स्पेनले विरोध गरेको थियो ।

स्पेनले मिकेल ओयार्जाबालको गोलबाट अग्रता लिएको थियो । तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियममाथि ३-२ गोलअन्तरको पुनरागमन जित हासिल गरेको थियो । लगातार दोस्रो खेलमा उसले पछि परेको स्थितिबाट नतिजा उल्ट्याएको हो ।

गएराति नै भएको खेलमा बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गरी इटली नेशन्स लिगमा तेस्रो भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर