बुधबार १०४३ कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु – Nepal Press

बुधबार १०४३ कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले भन्यो : ७७ वटै जिल्लामा सक्रिय संक्रमित छन्

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १०४३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४६५ नमुना (११ हजार १६५ पीसीआर र ४३ सय एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार ८९१ जना बिरामी निको भएका छन् । सोही अवधिमा १२ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या १६ हजार १९४ छ । आजको दैनिक संक्रमणदर ६.७४ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा ४४० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका हुन् । आठ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १९ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

कूल संक्रमित संख्या झन्डै आठलाख पुगेको छ । ११ हजार १९२ जनाको मृत्यु भएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मुलुकका ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेको बताए । कूल जनसंख्याको २२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाएको पनि उनले जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *