प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त, दशैंतिहार गीतमा गरिमासँग फिचर्ड – Nepal Press

प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त, दशैंतिहार गीतमा गरिमासँग फिचर्ड

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । राजधानीमा आज आयोजित दशैंतिहार गीत लन्च कार्यक्रममा सपुतलाई उक्त ब्रान्डले दुई वर्षको लागि अनुबन्धित गरेको हो ।

दुईवर्षसम्म सिर्जना र गायकीमार्फत आफू रोयल पेन्ट्ससँग आबद्ध हुने जानकारी उनले दिए । पैसाको पछि लागेको भन्ने आरोपहरुको उनले खण्डन गरे ।

मोडल गरिमा शर्माले पनि प्रकाश सपुत लगायका कलाकारसँग काम गर्न पाउनु खुशिको कुरा भएको बताइन् ।

सो अवसरमा रचना रिमाल र महेन्द्र बरालको स्वरमा रहेको दशैंतिहार गीत सार्वजनिक गरियो । उक्त म्युििजक भिडिओमा सपुतसहित गरिमा शर्मा, रमेश बुढाथोकी, रस्मी भट्ट लगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *