ईपीएलः भैरहवाविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन – Nepal Press

ईपीएलः भैरहवाविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा सोमबार हुने भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा ब्याटिङमा उत्रिएको चितवनका लागि मोहम्मद शहजाद र खडक बोहरा क्रिजमा ओपनिङमा आएका छन् । चितवनले आजको खेलमा साहब आलम, विरन्दीपसिंह र कप्तान सोमपाल कामीलाइै विश्राम दिएको छ । उनीहरुको स्थानमा गौतम केसी, देव खनाल र सेकुगे प्रसुन्नालाई मैदानमा उतारेको छ ।

भैरहवाले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

दुवै टोली प्ले अफमा पुगिसकेका छन् । सुरुआती चार खेलमा अपराजित चितवनको ८ अंक छ । र शीर्ष स्थानमा छ भने तीन खेलमा ४ अंक जोडेको भैरहवा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर