साफ च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै नेपाल, लगातार दोस्रो जितको खोजी – Nepal Press

साफ च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै नेपाल, लगातार दोस्रो जितको खोजी

काठमाडौं । लगातार दोस्रो जितको लक्ष्यसहित माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

पहिलो खेलमा आयोजक टोली माल्दिभ्सलाई उसकै मैदानमा स्तब्ध पारेको नेपालले आज श्रीलंकालाई हराएर उपाधि यात्रा अझ नजिक बनाउन चाहन्छ । उद्घाटन खेलमा बंगलादेशसँग पराजित भएको श्रीलंका प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

यो खेल माल्दिभ्सको राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार आज राती पौने १० बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा हिजो नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकासँग सचेत भएर खेल्नुपर्ने बताएका छन् ।

आजको पहिलो खेल उपाधि दावेदार भारत र बंगलादेशबीच हुनेछ । पहिलो खेल जितेको बंगलादेशलाई भारतसँग कठिन चुनौति हुँदैछ । भारतले प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । ८६औं मिनेटमा मनिष डाँगीले गोल गरेपछि साफमा नेपालले माल्दिभ्सलाई पहिलोपल्ट पराजित गरेको थियो ।

साफ च्याम्पियनसिपमा सहभागी ५ टोलीलाई राउण्ड रोविन प्रणालीबाट प्रतिस्पर्धा गराइएको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पनि पुग्न सकेको छैन ।

याे पनि पढ्नुस्

माल्दिभ्समा नेपाली टिमको रणनीति बुझ्न श्रीलंकाको ‘जासुसी’ !

अल्मुताइरीको रणनीति, किरणको आत्मविश्वास र मनिषकाे फिनिसिङमा मिलेको सफलता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर