शाहरुख खानका छोरा आर्यन पक्राउ – Nepal Press

शाहरुख खानका छोरा आर्यन पक्राउ

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेको छ ।

ब्यूरोले छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित ८ जनालाई हिरासतमा लिएको छ । पक्राउ पर्नेमा महिलाहरु पनि छन् । तर  उक्त पार्टीमा कति महिला  थिए भन्ने  खुलाइएकाे छैन ।

ब्युरोका अधिकारीहरु यात्रु बनेर क्रुज सिपमा छापा मारेको बताइएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानसँग सोधपुछ गरिरहेको छ ।

एनसीबीले क्रुज भित्र पार्टी चलिरहेको एक भिडियो फेला पारेको छ, जसमा आर्यन देखिएको छ। सोधपुछको क्रममा आर्यनले आफू उक्त पार्टीमा अतिथिको रूपमा गएको बताएका छन् ।

र उनले पार्टीमा सामेल हुन कुनै पैसा नतिरेको बताए । आयोजकले पार्टीमा आमन्त्रित गर्न आफ्नो नामको प्रयोग गरेको आर्यनको दावी छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाईल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ।

यस पार्टीमा बलिउड, फेसन र ब्यापारीहरु सहभागी भएका थिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *