अर्थमन्त्रीलाई आर्थिक मिडियाका सञ्चालकहरुको ज्ञापनपत्र – Nepal Press

अर्थमन्त्रीलाई आर्थिक मिडियाका सञ्चालकहरुको ज्ञापनपत्र

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संगठन ‘इकोनिमिक्स मिडिया सोसाइटी’ ‘इम्सन’ ले अर्थमन्त्री जनार्दन शर्मालाई आज भेटेर ज्ञापनपत्र बुझाएको छ । आर्थिक मिडियाहरुको प्रवर्धन तथा संरक्षणको लागि राज्यले गर्नुपर्ने बिभिन्न नीतिगत व्यवस्थाबारे इम्सनले ज्ञापनपत्र बुझाएको हो ।

नेपालमा आर्थिक अनलाइन मिडियाको आवश्यकता र महत्वलाई नेपाल सरकारले स्वीकार गरे पनि कानुनी रुपमा यसको अस्तित्वलाई स्वीकार नगरिएको ज्ञापनपत्रमा उल्लेख छ । बैंक वित्तीय संस्था तथा सरकारले अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने बिभिन्न किसिमका प्रतिवेदन तथा सूचनामुलक जानकारी अनलाइन मिडियालाई पनि दिनुपर्ने इम्सनको माग छ ।

सामाजिक सञ्जालमा भइरहेको अवैध विज्ञापनलाई करको दायरामा ल्याउनलाई समेत इम्सनले आग्रह गरेको छ । नेपालको मिडिया उद्योगलाई असर नपर्ने गरी यस्तो विज्ञापनमा खर्चको मापदण्ड तोक्न तथाा मुलुक बाहिरबाट सामाजिक सञ्जालमा हुने सबै खालका विज्ञापनलाई नियन्त्रण गर्नलाई इम्सनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *