नेपाल फाइनान्सको हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल – Nepal Press

नेपाल फाइनान्सको हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभु क्यापिटल लिमिटेडबाट प्रबन्ध निर्देशक दिनेश थकालीले नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी गरेको छ । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निष्कासन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रूपैयाँ ५० पैसा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *