भाष्करराजले भने- केवल व्यवसायीको हितका लागि टेलिभिजनको सिग्नल बन्द गर्न तयार छौं (भिडिओ) – Nepal Press

भाष्करराजले भने- केवल व्यवसायीको हितका लागि टेलिभिजनको सिग्नल बन्द गर्न तयार छौं (भिडिओ)

काठमाडौं । मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले केवल व्यवसायीको सबै मागहरुलाई निसर्त समर्थन गरेका छन् ।

केवल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेलामा बोल्दै उनले मिडिया एलाइन्समा ९० प्रतिशत मुलधारका संचारमाध्यमहरूको सहभागिता रहेको भन्दै केवल व्यवसायीको हितका लागि आफूहरू टेलिभिजनको ‘सिग्नल’ बन्द गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रम उत्पादक, वितरण र प्रसारकका रूपमा ९० प्रतिशत लगानी निजी क्षेत्रको रहेको बताउँदै उनले विद्युत प्राधिकरण आफैंले केवल व्यवसायीका लागि पूर्वाधार बनाउनुपर्नेमा विच्छ्याइएका अप्टिकल फाइबर उल्टै काट्दै हिँडेको टिप्पणी गरे । पोल भाडा वृद्धिको निर्णय तत्काल फिर्ता गर्न कर्णिकारले चेतावनी दिएका छन् ।

सरकारले आफैं पूर्वाधार कम्पनी खोलेर राष्ट्रियरूपमा फाइबर बिछ्याउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *