नेपालका पूर्व प्रशिक्षक वाटमोर बरोडाका प्रशिक्षक नियुक्त
नेपाल प्रेस
२०७८ असोज ९ गते ८:००
काठमाडौं । पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय टोलीसँगको सहकार्य तोडेका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोर भारतको बरोडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिका कारण देखाउँदै वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)समक्ष राजीनामा दिएका थिए ।
ओमान भ्रमणपछि ओमानबाट सोझै भारत गएका वाटमोरलाई बरोडाले शुक्रबार प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो ।
‘उनी हिजोभन्दा एक दिनअघि टोलीमा जोडिएका छन्,’ बरोडा क्रिकेट संघका सचिवले भनेका छन्, ‘मुख्य प्रशिक्षक वाटमोरले अन्य कोच र उमेर समूहलाई पनि मार्गनिर्देशित गर्नेछन् ।’
प्रतिक्रिया