ग्रानाडासँग बराबरीमा रोकियो बार्सिलोना – Nepal Press

ग्रानाडासँग बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराबरी खेलेको छ । मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोनाका लागि रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडर गोल गरेपछि बार्सिलोनाले ग्रानाडाबाट अंक खोसेको हो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको एउटा अर्को कमजोर प्रस्तुति थियो । यसले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दवाव बढिरहेको छ । खेलपछिको पत्रकार सम्मेलनमा कोम्यानले क्लबमा आफ्नो भविश्यको बारेमा कुनै जवाफ भने दिएनन् ।

अस्थायी स्ट्राइकरका रुपमा खेलेका सेन्टर ब्याक अराउजोले दोस्रो हाफको अन्त्यतिर गोल गर्न सफल भए । दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड भने बनाएको थियो । ग्रानाडाले खेलको दोस्रो मिनेटमै डोमिनगोज डुआर्टेको हेडर गोलमार्फत अग्रता बनाएको थियो ।

अघिल्लो साता च्याम्पियन्स लिगमा बायर्न म्यूनिखसँगको खेलका तुलनामा सुधारिएको प्रदर्शन गरे पनि बार्सिलोनामा कोम्यानको भविश्यबारे प्रश्न सुरु भएका छन् ।

अर्कोतर्फ सिजनको पहिलो जितको नजिक पुगेर पनि बराबरीमा रोकिनुपरेकोमा ग्रानाडा चिन्तित रहनेछ । ग्राडानाले जितेको भए यो दोस्रो सिजनमा दोस्रो जित पनि हुने थियो ।

अन्तिम सिठ्ठी बजेपछि आफ्नो टिमको प्रदर्शनबाट असन्तुष्ट घरेलु समर्थक निकै निराश देखिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर