राष्ट्रिय गीतमा पृथ्वीनारायण शाहदेखि बुद्धसम्म : २० भन्दा बढी चरित्रमा सन्तोषले देखाए कौशल – Nepal Press

राष्ट्रिय गीतमा पृथ्वीनारायण शाहदेखि बुद्धसम्म : २० भन्दा बढी चरित्रमा सन्तोषले देखाए कौशल

काठमाडौं । फिल्म निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको राष्ट्रिय गीत ‘म नेपाल हो’को सांगीतिक भिडिओ इन्टरनेट रिलिज भएको छ । अधिकारी स्वयम फिचर्ड म्युजिक भिडिओलाई संविधान दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डीआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्राकार लगायतको उपस्थीति थियो ।

निशान कश्यपको निर्देशन रहेको गीतमा सह-कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवैजनाले मिलेर दिएका छन् । भने गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि चरित्र चित्रण गरेका छन् । गीति भिडिओ हेरेपछि उपस्थित पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए ।

निर्माता अधिकारीको लगानी रहेको फिल्म तीन जन्तु प्रदर्शनको पखाइमा छ । उनले फिल्महरु आमा र घरमा सह निर्माताको रुपमा काम गरेका छन् । उनले फेसन शोको पनि आयोजना गर्दै आएका छन् । कोरोना महामारीका कारण हेरिटेज अफ फेसन सिजन २ को मिति पटक पटक सर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *