खेलअघि ओमानको क्रिकेट मैदानमा मनाइयो नेपालको संविधान दिवस – Nepal Press

खेलअघि ओमानको क्रिकेट मैदानमा मनाइयो नेपालको संविधान दिवस

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपाली टोली र राजदूतावसले नेपालको सातौं संविधान दिवस मनाएको छ ।

आइतबार जारी ओमान र नेपालबीचको खेलअघि अल अमेरत क्रिकेट मैदानमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप कप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेर संविधान दिवस मनाए । नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबा स्वर्गारोहण भएको एक वर्ष नपुगेका कारण उनी साथमा उभिएका मात्र थिए । केकमा नेपाल र ओमानको झण्डा बनाइएको थियो ।

ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुली ढकालले नेपाली टोलीलाई संविधान दिवसको र आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन् । कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति थियो ।

यसबाहेक संविधान दिवसको अवसरमा शनिबार साझ नेपालको राजदूतावास परिसरमा दिप प्रज्वलन गरिएको थियो । साथै आजै बिहान राजदूतावासमा रातदूत शर्मिला पराजुली ढकालले नेपालको झन्डा झन्डोत्तोलन गरेकी थिइन् । त्यस्तै नेपाल र ओमानबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।

संविधान दिवसको दिन यसअघि अझ भव्य कार्यक्रम हुने भए पनि यसपटक कोभिड-१९ प्रोटोकलका कारण ठुलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर