फुटबलका कप्तान किरण चेम्जोङ र क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवाश्री – Nepal Press

फुटबलका कप्तान किरण चेम्जोङ र क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवाश्री

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधानदिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सरकारले विभुषित गर्ने गरेको छ ।

आइतबार हुने औपचारिका कार्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कप्तानसँगै खेल क्षेत्र र त्यसभन्दा बाहिरका व्यक्तित्वलाई पनि सम्मान गर्नेछिन् । क्रिकेट टोली अहिले ओमानमा रहेकाले त्यसका लागि कप्तान ज्ञानेन्द्र मल्ल पनि गएका छन् ।

संविधान दिवसकै अवसरमा सरकारले खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वलाई पनि विभुषित गर्नेछ ।

सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोकै कोरियन प्रशिक्षक वान योङ डाललाई विभुषित गर्ने भएको छ ।

यस्तै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभुषित हुनेछन् ।

यस्तै, सरकारले सुकिर्ति पदकबाट करातेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामासँगै खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभुषित गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर