जमाइकाले बेलायती राजालाई राष्ट्रप्रमुख नमान्ने विधेयक प्रस्तुत हुँदै – Nepal Press

जमाइकाले बेलायती राजालाई राष्ट्रप्रमुख नमान्ने विधेयक प्रस्तुत हुँदै

काठमाडौ । बेलायतको पूर्व उपनिवेश जमाइकाले बेलायती राजालाई राष्ट्रप्रमुखबाट हटाउने तयारी थालेको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आगामी महिना सदनमा जमाइका सरकारले विधेयक पेस गर्नेछ ।

जमाइकाकी संबैधानिक तथा कानुनमन्त्री मार्लिन मालाहो फोर्तेले अब सन २०२४ भित्र यो निर्णय हुने बेलायती च्यानल स्काइलाई बताएकी छन् ।

उनले नौ महिनामा बिधेयक पास हुने र पछि जनमतसंग्रह गरेर बेलायतबाट औपचारिक रुपमा अलग हुने रोडम्याप बताएकी छन् ।

बेलायती राजाको राज्यभिसेकको तयारी र प्रचार धुमधाम भैरहेको समयमा बेलायती राजालाई राष्ट्रप्रमुख मान्दै आएको जमाइकाले यस्तो निर्णय गरेको हो ।

सन् १६५५ बाट १९६२ सम्म बेलायतको उपनिवेश भएको जमाइकाले स्वतन्त्रता पाएपछि पनि राष्ट्रप्रमुख भने बेलायती राजतन्त्रलाई मान्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *