प्रतिनिधि सभा सचिवमा पाण्डेय र राष्ट्रिय सभामा अर्याल नियुक्त – Nepal Press

प्रतिनिधि सभा सचिवमा पाण्डेय र राष्ट्रिय सभामा अर्याल नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पद्म प्रसाद पाण्डेय र राष्ट्रियसभा सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डेयलाई र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाकाे सिफारिसमा अर्याललाई सचिवमा नियुक्त गरेका हुन् ।

उनीहरुलाई नेपालको संबिधानको धारा १०६ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले बिहीबार सचिव पदमा नियुृक्त गरेका हुन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ गते सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *