धनराजको प्रतिबद्धता- ढिलो न्याय पाउने प्रवृत्तिलाई अन्त्य गर्छु (भिडिओ) – Nepal Press

धनराजको प्रतिबद्धता- ढिलो न्याय पाउने प्रवृत्तिलाई अन्त्य गर्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रित गर्ने बताए ।

चुस्त र दुरुस्त ढंगबाट सबैलाई कानून बराबर गर्ने विषय आफ्नो प्राथमिकता हुने जिकिर गरे । गुरुङले कानूनभन्दा माथि कोही पनि नहुने भन्दै कानूनबमोजिम सबै अघि बढ्नुपर्ने बताएका छन् । जुनसुकै ठाउँमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले प्रष्ट्याए ।

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर