१० प्रतिशत व्याजदर भएको नागरिक बचतपत्रको बिक्री आइतबारबाट खुला हुने – Nepal Press

१० प्रतिशत व्याजदर भएको नागरिक बचतपत्रको बिक्री आइतबारबाट खुला हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको नागरिक बचतपत्रको बिक्री वैशाख २४ गते (आइतबार) देखि खुला गर्ने भएको छ ।

जेठ २४ गतेसम्म आवेदन दिन सकिने २ अर्ब ८२ करोड १४ लाख ७० हजार रूपैयाँ बराबरको नागरिक बचतपत्र जेठ ३० गते निष्काशन हुनेछ । यसको व्याजदर १० प्रतिशत हुनेछ भने ब्याज हरेक ६ महिनामा भुक्तान हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने बैंक वित्तीय संस्थाहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरूबाट व्याज लिन सकिनेछ । इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि यस बैंकको वेबसाइटमा रहेको मोनिटर म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *