कोरिया जाने नेपालीले अरुको नामको सिम प्रयोग गर्दै, नेपालमै हुन्छ खरिदबिक्री – Nepal Press

कोरिया जाने नेपालीले अरुको नामको सिम प्रयोग गर्दै, नेपालमै हुन्छ खरिदबिक्री

काठमाडौं । भाषा परीक्षा (ईपीएस) मा नाम निकालेर कोरिया गएका धेरै नेपालीले अरुको नामका प्रिपेड सिमकार्ड प्रयोग गरिरहेको पाइएको छ । कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड उनीहरूले नेपालमै किनेर लैजाने गरेका हुन् ।

कोरियामा प्रिपेड सिमकार्ड निशुल्क रूपमा बिक्री हुन्छ । नेपाल ल्याएर त्यही सिम ३ देखि ४ हजारमा विक्री हुने गरेको छ । नेपालबाट कोरियामा गएर काम गरिररहेका धेरै नेपालीले यतैबाट सिमकार्ड लगेर प्रयोग गरिरहेका छन्, जुन अवैध मानिन्छ ।

केही दिनअघि मात्रै अवैध प्रिपेड सिमकार्ड प्रयोग गरेर भ्वाइस स्क्याम (ठगी) गरेको भन्दै ३२ जनालाई विदेशीलाई पक्राउ गरिएको थियो ।

कोरियाका सञ्चारमाध्यमका अनुसार त्यहाँको प्रहरीले अन्य व्यक्तिका नाममा रहेका प्रिपेड सीम बिक्री गर्नेहरूलाई पक्राउ गरेका थिए । अन्य व्यक्तिको नाममा रहेका प्रिपेड सिम कार्ड प्रयोग गर्दै कोरियामा आपराधिककार्य बढेसँगै प्रहरीले सिमकार्ड वितरणमा कडाइ गरेको छ ।

कोरियामा ५९ प्रतिशत विदेशी नागरिकहरूले अन्य व्यक्तिको नाममा दर्ता भएका सिम कार्ड प्रयोग गर्दै आएका छन्,’ कोरियाको एक पत्रिकाले लेखेको छ ।

कुनै पनि अपराधमा सिमकार्ड प्रयोग भएको अवस्थामा जसले प्रयोग गरेको छ, उही पक्राउ पर्छ । त्यसैले अरुको नागरिकता र फोटो प्रयोग गरेर निकालिएको सीम प्रयोग गर्दा नेपालीहरू समस्यामा पर्न सक्ने छन् ।

कोरियामा घुम्न गएका पर्यटकले प्रयोग गरेको सिम ल्याएर नेपालमा ३ देखि ४ हजार नेपाली रूपैयाँमा बिक्री गर्ने गरिएको छ ।

‘कोरियामा जाने तयारीमा रहेका नेपालीलाई नेपालबाट नै सिम किनेर लैजादा सकिलो हुन्छ भन्दै झुक्याएर विक्री हुने गरेको छ’, स्रोतले भन्यो, ‘केही कर्मचारीको पनि संलग्नता रहेको छ । सीप सिकाउने बेलामा नै नेपालीहरूलाई यहाँ कोरियाको सिम पाइन्छ भनेरसमेत जानकारी दिने गरेका छन् ।’

ईपीएस कोरिया शाखा निर्देशक पुष्पराज कटुवाल २ महिनाअघि नेपालबाट नै कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिम कार्ड बिक्री गरेको भन्ने सूचना आएको बताए ।

उनले भने, ‘अवैध तरिकाले नेपालबाट नै कोरियाको प्रिपेड सिम कार्ड बिक्री भएको सूचना आउनासाथ ललितपुर प्रहरीलाई पत्र लेखेर रोक्न भनेका थियौं । पुनः विक्री सुरु भयो भने फेरि रोक्नका लागि पहल सुरू हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *