सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार – Nepal Press

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा १०१औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवा मेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *