टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति – Nepal Press

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गिरोहमा संलग्न आरोपमा अनुसन्धानका लागि प्रहरीले सन्दीपलाई बुटवलबाट पक्राउ गरेको थियो । उनलाई बुद्ध एयरको जहाजबाट आज बिहान काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *