गुरुराज घिमिरेको टिप्पणी- हाम्रो कमजोरीमा टेकेर रास्वपा उदायो, चुपचाप बसे खान्छ कि भन्ने त्रास भइसक्यो – Nepal Press

गुरुराज घिमिरेको टिप्पणी- हाम्रो कमजोरीमा टेकेर रास्वपा उदायो, चुपचाप बसे खान्छ कि भन्ने त्रास भइसक्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले उदय भएको रास्वपालाई राजनीतिक इतिहास थाहा नभएको टिप्पणी गरेका छन्।

कांग्रेस रूपान्तरणका लागि विशेष युवा भेलालाई सम्बोधनमा उनले रास्वपालाई लक्षित गर्दै कांग्रेस यही अवस्थामा रहे नयाँ पार्टीले खान्छ कि भन्ने त्रास रहेको बताए।

उनले भने, ‘नयाँ पार्टीले खान्छ कि भन्ने त्रास अहिले हामीमाझ आएका छौँ। तर, हामी इतिहासको निर्माता हौँ। हामीले नेपालको इतिहासलाई बदल्न २००७ सालमा पार्टी सुरु गर्‍यौँ। त्यतिखेर कुनै राजनीति पार्टीहरू अस्तित्वमा थिएनन्। पछि कम्युनिष्ट पार्टीको स्थापना भएपछि भूमिका नकारात्मक थियो। कम्युनिष्ट पार्टीले जहिले पनि खलनायककै भूमिका खेल्यो। हामीले नेपालको राजनीतिलाई अदितीय बाटोमा प्रवेश गरायौँ। तर, अरू पार्टी हेर्ने हो भने इतिहासको उपज हुन्।’

उनले कम्युनिष्ट पार्टीले २०१५ सालमा ४ सीट जितेको स्मरण गरे।

उनले थपे, ‘०४६ सालपछि सद्भावना पार्टीको उदय २०६२र६३ फोरमको उदय भयो। अहिले आएको रास्वपालाई इतिहास र भूगोल थाहा छैन। ह्वीम चल्यो अहिले। हाम्रै कमिकमजोरीमा टेकेर भ्रष्टाचार निर्मूल गर्छौं हामी भनौँ त। हाम्रो पार्टीको भ्रष्टलाई राज्यले पाता कसेर लाग्छ भनेर हामी थपडी बजाएर बस्छौँ। हामी बोक्दैनौँ भनौँ त। हामी यसरी नै चुपचाप बस्यौँ भनेर अर्कोले आगो बाल्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर