ठगी गिरोहको भीआईपी जालो उजागर हुँदैछ, कानूनभन्दा माथि कोही हुँदैन : गगन थापा – Nepal Press

ठगी गिरोहको भीआईपी जालो उजागर हुँदैछ, कानूनभन्दा माथि कोही हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने व्यक्ति जुनसुकै ओहदाको भएपनि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

सो प्रकरणमा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, सचिव टेकनारायण पाण्डेलगायत अनुसन्धानको घेरामा परेपछि थापाले कानून सबैलाई बराबरी हुनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।’

सो प्रकरणमा अझै अनुसन्धान गरेर सबै दोषीलाई कारबाही गर्न उनको माग छ ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन’, उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर