प्रशासकीय अधिकृत नपठाएको भन्दै गढीमाईमा सत्तारूढ गठबन्धनका नेतालाई प्रवेश निषेध – Nepal Press

प्रशासकीय अधिकृत नपठाएको भन्दै गढीमाईमा सत्तारूढ गठबन्धनका नेतालाई प्रवेश निषेध

बारा । गत वैशाख १० गते सम्पन्न  बारा-२ मा उपनिर्वाचन क्षेत्रमा अहिलेका गठबन्धन सरकारका मन्त्री र सो दलका नेतालाई प्रवेश निषेध गरिएको छ ।

बारा जिल्ला क्षेत्र नं २ मा रहेको महागढीमाई नगरपालिकाले नगरपालिका क्षेत्र भित्र कुनै पनि गठबन्धनका नेता तथा मन्त्रीलाई प्रवेश निषेध गरिएको हो ।

नगरपालिकाले सो क्षेत्रमा पर्ने गढीमाई मन्दिरमा समेत पाँच दलीय गठबन्धनका नेता र मन्त्रीलाई प्रवेश निषेधित गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

नेपाली काँग्रेसबाट निर्वाचित यादवले बुधवार सामाजिक सञ्जालमा उनले लेखेका छन्  ‘बारा जिल्ला क्षेत्र नं २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्री गढी माई मन्दिरको प्राङ्गणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्यूहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु,’ लेखेका छन्।

उनले थप लेखेका छन्,‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिले पनि अत्तो पत्तो छैन । यसको कारणले नगरपालिकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारीलगायत स्थानीयबासीहरुको जीवन कष्टकर  अवस्था छ । महागढीमाई नगरपालिकाको विकासको लागि गठबन्धनका नेता मन्त्रीज्यूहरू वाचा गरे पनि अहिलेसम्म हाकिम नपठाएर बिजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’

स्थानीयबासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ, तीन महिना बितिसक्यो तर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाइ भएन त्यस कारण गठबन्धनका नेताहरूलाई प्रवेश निषेध गरिएको हो ।

न्यूज कारखाना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर