इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो – Nepal Press

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ । घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले  बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपेपछि सिटीको अग्रता दोब्बर हुन पुग्यो ।

त्यसपछि खेल सकिनु केही समय अघि अर्थात् ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शीर्षस्थानमा पनि उक्लिन पायो ।

यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औँ स्थानमा छ ।

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलबाट यो कीर्तिमान बनाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर