रुसकाे दाबी- पुटिन हत्याको युक्रेनी प्रयास विफल भयाे – Nepal Press

रुसकाे दाबी- पुटिन हत्याको युक्रेनी प्रयास विफल भयाे

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई हत्या गर्ने युक्रेनी प्रयास असफल पारेको रुसले दाबी गरेको छ । मंगलबार मध्यराति एलेक्ट्रोनिक वारफेयर हतियार प्रयोग गरेर दुई युक्रेनी ड्रोन पुटिन निवास क्षेत्रमा ध्वस्त पारेको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति कार्यालयले एक रिलिज जारी गरेर पुटिनलाई हत्याको योजनाबद्द आतंककारी हमला भएको उल्लेख गरेको छ । रुसि सरकारको विश्व च्यानल आरटीले ड्रोन हमलाको उचित जवाफ दिने रुसको तयारी भएको उल्लेख गरेको छ ।

रुस र युक्रेनको युद्ध युक्रेनी क्षेत्रमा हुँदै आएकोमा पछिल्लो समयमा अमेरिकी र युरोपेली हतियारको साथमा युक्रेनको क्राइमिया देखी क्रेमलिनसम्म बेलाबखत हवाइ आक्रमण गर्दै आएको छ ।

जर्मनीले आफ्नो हतियार रुसी भूमिमा प्रयोग गर्न नदिएको भन्दै जर्मन चान्सलर ओलाफ सोल्जले युक्रेनलाई आफ्नो भूमिमा मात्रै जर्मन हतियार प्रयोग गर्न सार्वजनिक आह्वान गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *