बालुवाटार बैठक : रास्वपालाई सरकारमा ल्याउनेदेखि बजेटसम्म छलफल – Nepal Press

बालुवाटार बैठक : रास्वपालाई सरकारमा ल्याउनेदेखि बजेटसम्म छलफल

रमेश लेखक भन्छन्- सरकारसँग बहुमत छ, कसैले भत्काउन सक्दैन

काठमाडौं । सत्ता गठबन्धनले आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन छलफल थालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बजेटको बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश मल्लले बताए ।

उनले भने, ‘बजेटको प्राथमिकता र सिद्धान्त तोक्नका लागि सरकारले आधारपत्र तयार गर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि त्यसरी नै गर्ने सहमति भएको छ। आर्थिक प्रतिकुलतालाई मध्यनजर गरेर डेलिभरीमा केन्द्रित बजेट ल्याउनुपर्छ भन्ने सहमति भएको छ।’

यस्तै, अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्ट पारे ।

उनले भने, ‘गठबन्धन र सरकारसँग स्पष्ट बहुमत छ । सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना छैन । त्यसो भएकाले अर्को गठबन्धन बन्ने र यो भत्कने सम्भावना छैन ।’

रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नै सम्बोधन गर्ने बताए । उनले सरकारले चाँडै पूर्णता पाउने बताए । गठबन्धन दलबीच कुनै विमति नरहेको समेत प्रष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर