राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान – Nepal Press

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि  नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर