भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता – Nepal Press

भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं । अधिवक्ताद्वय रादीका चम्लागाईं र स्वागत नेपालले भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

उनीहरुले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद सचिवालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयसमेतविरुद्ध रिट दायर गरेका हुन् ।

दर्ता भएको मुद्दा संवैधानिक इजलासबाट हेरिने अधिवक्ता नेपालले जानकारी दिए । उनका अनुसार पेशी बैशाख २७ गतेका लागि तोकिएको छ ।

‘राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने विज्ञप्ति त निकाल्नुभयो । तर, मनलाग्यो भने खर्च राज्यबाट लिने अनि विरोध भयो भने आफैं व्यहोर्छु भन्ने झलनाथदेखि सुजातासम्मको अकुत सम्पत्ति छँदाछँदै राज्यकोष लुट्ने कानून जीवितै छ’, उनले भने, ‘त्यस्ता धेरै कानूनद्वारा धेरै तहका व्यक्तिले देश लुटिरहेका छन् । हामीले केही थोरैको मात्र थाहा पाएका हौं । त्यस्ता कानूनमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक सेवा र सुविधासम्बन्धी ऐनलगायत धेरै छन् । ती र त्यस्ता कानून खारेज गर्न गराउन रिट दर्ता गरेका हौं ।’

प्रतिक्रिया

One thought on “भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *