सत्ता गठबन्धनको बैठक बालुवाटारमा, सरकारलाई पूर्णता दिनेबारे छलफल – Nepal Press

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने बताइन्छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन् ।

साविककै मन्त्रालय दिएर सरकारमा ल्याउनेगरी प्रधानमन्त्री आफैंले पहल गरेपछि रास्वपा पनि सकारात्मक छ ।

रास्वपा सभापति लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले गठबन्धन दलमा छलफल गरेर जवाफ दिने बताएपछि शुक्रबारसम्म सरकारलाई दिएको समर्थनबारे पर्ख र हेरको अवस्थामा होल्ड गरेर राखेको छ ।

सत्ता गठबन्धन दलका विवादको कारणले प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर