३५ रुपैयाँ नेटवर्थ भएको रिपब्लिक मिडियालाई १०० रुपैयाँमा आईपीओ जारी गर्न दिएको भन्दै सेवोनविरुद्ध उजुरी – Nepal Press

३५ रुपैयाँ नेटवर्थ भएको रिपब्लिक मिडियालाई १०० रुपैयाँमा आईपीओ जारी गर्न दिएको भन्दै सेवोनविरुद्ध उजुरी

काठमाडौं । ३५ रुपैयाँ नेटवर्थ भएको नेपाल रिपब्लिक मिडियालाई सय रुपैयाँमा आईपीओ जारी गर्न दिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा रिपब्लिक मिडियाको आईपीओ रोक्न माग गरिएको छ ।

सेबोनले बदनियतपूर्ण तरिकाले प्रतिशेयर ३५ रुपैयाँ नेटवर्थ रहेको कम्पनीलाई १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै पूँजी बजार शुद्धीकरण अभियानले अख्तियारमा उजुरी हालेको हो ।

त्यस्तै उजुरीमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, बोर्ड बैठकमा उपस्थित हुने सञ्चालक सदस्यहरु र उक्त प्रस्ताव तयार पारी सञ्चालक समितिमा पेश गर्ने धितोपत्र बोर्डका कानून विभाग प्रमुख तथा बोर्ड सचिव कृष्णराज पोखरेलमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

बोर्डले कम्पनीलाई बैशाख ११ गते प्रतिशेयर १०० रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

‘सम्पत्ति पुनर्मूल्यांकनबाट प्राप्त रकमलाई खुद सम्पत्ति (नेटवर्थ) मा देखाउँदा धितोपत्र बजारको मर्मविपरीत हुन्छ’, उजुरीमा भनिएको छ, ‘जस्तै १०० अंकित मूल्यबाट नेटवर्थ घटेर ६० वा सोभन्दा तल भएका कम्पनीहरुलाई सार्वजनिक निष्कासन गर्न नदिने अभ्यास यसअघि रहेको थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *