दानाको मूल्य घट्दै, जेठदेखि नयाँ मूल्य तोकिने – Nepal Press

दानाको मूल्य घट्दै, जेठदेखि नयाँ मूल्य तोकिने

काठमाडौं । पशुलाई खुवाउने दानाको मूल्य घट्ने भएको छ । दाना उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थको मूल्य घटेसँगै दानाको मूल्य घट्ने भएको हो ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले दानाको मूल्य घटाउने तयारी भएको बताए ।

अध्यक्षले भने, ‘केही दिनमा नै सबै प्रकारको दानाको मूल्य घट्ने छ । दाना उद्योगी व्यवसायीहरूलाई सर्कुलर जारी गइसकेको छ । नयाँ मकै राम्रो बजारमा आएपछि खरिद मूल्य र लागत खर्च हेरेर मात्र मूल्य घट्ने गरेको छ ।’

हाल बजारमा नयाँ मकै प्रतिकेजी ३५ देखि ३६ रुपैयाँ र भटमासको पिना प्रतिकेजी ९५ रुपैयाँ छ । दाना बनाउन प्रयोग हुने मकै र पिना सस्तिएकाले दानाको मूल्य घटाउन किसानहरूले समेत माग राख्दै आएका छन् ।

अहिले दानाको उद्योग मूल्य प्रतिकेजी ४५ रुपैयाँ देखि ८० रुपैयाँसम्म पर्छ । बोराको साइज अनुसार फ्याक्ट्री मूल्य २७ सय देखि ३९ सय मूल्य पर्छ ।

हाल उपभोक्ताले विभिन्न किसिमका दानाको मूल्य ५० केजी बोराको ४२ सय रुपैयाँसम्म तिरेर किन्ने गरेको संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *