एकैदिन १८ सयले बढ्यो सुनको मूल्य – Nepal Press

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आज बुधवार सुनको मूल्य एकैदिन १८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै तोलामा एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने २० रुपैयाँले बढेर तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *