हिन्दूका पूर्वसम्पादक वरदराजन भन्छन्- भारतमा पत्रकार पक्राउ पर्नु सामान्य भइसक्यो – Nepal Press

हिन्दूका पूर्वसम्पादक वरदराजन भन्छन्- भारतमा पत्रकार पक्राउ पर्नु सामान्य भइसक्यो

काठमाडौं । भारतीय अखबार हिन्दूका पूर्व सम्पादक, भारतीय समाचार पोर्टल वायरका संस्थापक सिद्धार्थ वरदराजनले भारतमा पत्रकार पक्राउ सामान्य भएको बताएका छन् ।

काठमाडौंको याक एन्ड यती होटलमा आयोजना भएको हिमाल मिडिया मेलाका प्रमुख वक्ताका रूपमा आएका वरदराजनले भारतमा प्रहरीले पत्रकारलाई पक्राउमा चाहेमा कुनै समस्या नभएको बताए।

‘एक रिपोर्टरले मोदीको चुनाव क्षेत्र बनारसमा दलितलाई सरकारले दिने भनेको सुविधा नदिएको बारेमा रिपोर्टिङ गरिन’, वरदराजनले भने, ‘पछि उनलाई फौजदारी मुद्दा लाइयो।’

बनारस जस्ता उदाहरण भारतभरि भएको उनले सुनाए। भारतका ठूला मिडियाहरूले खुलेआम मोदीको चाकरी गरेको भन्दै उनले भारतमा प्रेस स्वतन्त्रता नभएको बताए।

आफूले ट्विट गरेको कुरामा पनि बिजेपी कार्यकर्ताले ट्विटरलाई मुद्दा हाल्ने र ट्विटरले हटाउने गरेको देखि बीबीसीको डकुमेन्ट्री पनि प्रतिबन्ध लाइएको उदाहरण दिँदै उनले प्रेस स्वतन्त्रता नभएको बताए।

कुनै सम्मेलनमा अतिथि बोलाउन समेत भारतीय विदेश मन्त्रालयको स्वीकृति चाहिने उनले बताए । जुमको छलफलमा समेत सरकारलाई कार्यक्रमको जानकारी र थिम दिनुपर्ने अवस्था रहेको बताए ।

मिडिया ट्रेन्ड बारेमा बोल्दै उनले भारतका थुप्रै मिडियामा वेबसाइट र भिडियो सामाग्रीको महत्त्व बढेको बताए ।

भारत बाहेक पाकिस्तान, बङ्गलादेश र श्रीलंकाका केही उदाहरण दिँदै उनले दक्षिण एसिया पत्रकारलाई शारीरिक सुरक्षाको लागि जोखिमयुक्त भएको उनले।

नेपालमा दक्षिण एसियामा तुलनात्मक रूपमा राम्रो प्रेस स्वतन्त्रता भएको भन्दै उनले नेपाल दक्षिण एसियाको धेरै अगाडिबाट एक मिलन बिन्दु भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *