अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्ध कैलालीमा प्रदर्शन – Nepal Press

अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्ध कैलालीमा प्रदर्शन

कैलाली । अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णय फिर्ताको माग गर्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले धनगढीमा प्रदर्शन गरेको छ ।

कैलालीको धनगढी स्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने तयारीका साथ सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो । देशमा आर्थिक अवस्था जटिल बन्दै गइरहेका सरकारको उक्ता निर्णय देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघले माग गरेको हो ।

कैलालीको एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो । जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले सरकार तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन सुरु हुने चेतावनी दिएका थिए ।

धनगढीमा एमाले पार्टी अध्यक्ष केपी ओली माथि भएको आक्रमणको समेत विरोध गरिएको हो । अध्यक्ष थापाले पार्टी अध्यक्ष माथि आक्रमण गर्नेहरूलाई कडा कारबाहीको समेत माग गरेका थिए ।

विरोध कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता ,राष्ट्रिय युवा संघ कैलाली जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर