सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयप्रति युवासंघ सुर्खेतको आपत्ति – Nepal Press

सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयप्रति युवासंघ सुर्खेतको आपत्ति

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई प्रति व्यक्ति दुई लाख रकम वितरण गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको चैत ६ गतेको बैठकमा प्रस्तुत लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७९ को निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

यसै विषयलाई लिएर युवा संघ जिल्ला कमिटी सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार ज्ञापन-पत्र समेत बुझाएको छ ।

ज्ञापन–पत्र बुझाउँदै युवा संघले देश आर्थिक सङ्कटमा गुज्रिएको परिस्थितिमा उत्पादनमूलक क्षेत्रमा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा उद्यमशिलता जस्ता वैकल्पिक उपायको माध्यमबाट अयोग्य लडाकुहरुलाई व्यवस्थित बनाउनुको सट्टा सञ्चयकोषबाट रकम बाँड्ने कुरा हामी कसैका लागी किमार्थ स्विकार्य नभएको बताएको छ ।

साथै सरकारको यस्तो गैरजिम्मेवारीपूर्ण निर्णयप्रति घोर भत्सना युवा संघले यो निर्णय खारेज गर्न जोडदार माग गरेको छ।

यस्तै, राष्ट्रिय युवा संघ नेपालका संस्थापक अध्यक्ष, एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि झापा जिल्लामा पार्टी (मिसन ग्रासरुट) अभियानको क्रममा उत्श्रृङ्खल गतिविधि गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग समेत गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सुर्खेतका अध्यक्ष बासुदेव आचार्यको संयोजकत्वमा, संघका केन्द्रीय सदस्य यमुना नेपाली, निर्मल विष्ट, एमाले नेता कमल बिसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर