ईडीएफद्वारा सिम्याट तथा क्युम्याट कक्षाहरु सुरु – Nepal Press

ईडीएफद्वारा सिम्याट तथा क्युम्याट कक्षाहरु सुरु

काठमाडौं । ईडीएफ लर्निङ ईडीएफ एड्मिसनको शिक्षा संस्थानले सिम्याट तथा क्युम्याट कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

वैदेशिक शिक्षा मा १४ वर्षभन्दा धेरै अनुभव भएको ईडीएफले यही मे २५ अर्थात आउदो जेठ ११ गतेबाट क्युम्याट र सिम्याटका कक्षाहरु सञ्चालन गराउने जनाइएको छ ।

विद्यार्थीलाई म्यानेजमेन्ट क्षेत्रमा भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गरेर उच्चतम सम्बन्धित कलेजमा भर्ना तथा अवसर प्रदान गराउनु संस्थाको लक्ष्य रहेको छ । प्रवेश परीक्षाको आवश्यकता पूरा गर्न आधारभूत पाठ्यक्रम अनुसरण गर्नु सँगै रोचक र अन्तरक्रियात्मक सत्रहरू पनि प्रस्तुत गरिने जनाइएको छ ।

कक्षाको सञ्चालन, विद्यार्थीलाई म्यानेजमेन्ट का प्रमुख अवधारणामा मजबूत आधार प्रदान तथा विश्लेषणात्मक र समस्या हल गर्न क्षमता विकास गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको संस्थानको भनाइ छ ।

त्यसैगरी, समावेशी र व्यापक शिक्षा वातावरण प्रदान गर्न प्रभावकारी शिक्षण प्रविधिह तथा प्रेरित र सशक्त गर्न विशेषज्ञ शिक्षकहरू र वैयक्तिक दृष्टिकोणसँग शिक्षण गराइने ब्यवस्था रहेको छ ।

ईडीएफले ५ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनको लागी सहयोग गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *