दार्चुलाको ब्याँसमा हिम पहिरो, यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशङ्का – Nepal Press

दार्चुलाको ब्याँसमा हिम पहिरो, यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशङ्का

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिका- १ मा हिम पहिरो गएको छ । हिम पहिरोमा यार्सागुम्बा खोज्न गएका ८/९ जना स्थानीय पुरिएको आशङ्का गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

उनका अनुसार त्रिपालमा बसिरहेको उनीहरु हिम पहिरोले पुरिएको आशङ्का छ । सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट उद्धार टोली त्यहाँ गइरहेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *