भिभोका भी २७ सिरिजका के के छन् विशेषता ? – Nepal Press

भिभोका भी २७ सिरिजका के के छन् विशेषता ?

काठमाडौं । भिभोले आफ्नो नवीनतम भी २७ सिरिजका स्मार्टफोन भी २७ र भी २७ ई सार्वजनिक गर्ने भएको छ ।

भी सिरिजअन्तर्गत नयाँ भी २७ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धि गर्नेलगायतका अपग्रेडका साथ नेपाली बजारमा सर्वजनिक हुने कम्पनीले बताएको छ ।

उक्त सिरिजमा औरा लाइट पोट्रेट प्रणाली छ । जसले प्रोट्रेटमा एक्सपोजरलाई बढाउँछ । यसबाट कम प्रकाशको अवस्थामा पनि अद्भूत शटहरू खिच्न अर्थात कुनै पनि वातावरणमा रचनात्मक रूपमा विस्तृत विषयसहित आकर्षक पोट्रेट खिच्न सकिनेछ ।

त्यस्तै उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेल, ठूलो डिस्प्ले, २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्लेसहित बजार आउने जनाइएको छ ।

प्रयोगकर्ताले कार्यात्मक र व्यवहारिकमात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्ने विश्वास रहेको छ । कम्पनीले यस सिरिजलाई चाँडै नेपालमा उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *