बढ्न थाल्यो पर्यटक आगमन : एक महिनामा १ लाख भित्रिए – Nepal Press

बढ्न थाल्यो पर्यटक आगमन : एक महिनामा १ लाख भित्रिए

काठमाडौं । नेपालमा विदेशी पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । कोरोना माहामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै बौरन थालेको तथ्यांकले देखाउँछ पछिल्लो एक महिनामा मात्रै करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक आएका छन् । अघिल्लो वर्षको यसै अवधिमा ६१ हजार पाँच सय ८९ पर्यटक भित्रिएका थिए ।

छिमेकी मुलुक भारतबाट ३१ हजार ४ सय १३ पर्यटक आएको अध्यागमन विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटन भित्रिएका छन । संयुक्त अधिराज्य बेलायत बाट पाँच हजार चार सय नौ, चीनबाट चार हजार सात सय ७०, त्यसैगरी, अष्ट्रेलियाबाट तिन हजार आठ सय २८, जर्मनिबाट तीन हजार दुई सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रुसबाट दुई हजार छ सय ६७, बंगलादेशबाट दुई हजार २१७ पर्यटक भित्रिएका छन् । थाइल्याण्डबाट सबैभन्दा कम दुई हजार एक सय दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पछिल्ला महिनामा क्रमश: पर्यटक बढिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *