अमरेशले पम्फादेवी भनेकोमा आरजुको आपत्ति, दूषित अभिव्यक्तिलाई मिडियामा स्थान नदिन आग्रह – Nepal Press

अमरेशले पम्फादेवी भनेकोमा आरजुको आपत्ति, दूषित अभिव्यक्तिलाई मिडियामा स्थान नदिन आग्रह

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दुष्प्रचार भएको भन्दै कसैलाई पनि त्यस्तो अधिकार नरहेको बताएकी छन् ।

राणाले प्रेस विज्ञिप्त जारी गर्दै केही व्यक्तिहरुले आफूलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाएको र त्यस्ता आरोपलाई मिडियाले स्थान दिएकोमा दुःख व्यक्त गरेकी छन् ।

केही दिनअघि संसदमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आरजु देउवा र प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालतर्फ लक्षित गर्दै लोकतन्त्रका पम्फादेवीहरु भन्दै भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपारेको आरोप लगाएका थिए ।

प्रेस विज्ञप्ति

पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।

नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो बिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहLन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु।
जय नेपाल ।

डा. आरजु राणा देउवा
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति : २०८० वैशाख १९ गते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर