मेस्सी स्टाइलमा सोमपालको ट्रफी पोज, दिउँसै ट्रफीसहित सुतेको तस्बिर ‘पोस्ट’ – Nepal Press

मेस्सी स्टाइलमा सोमपालको ट्रफी पोज, दिउँसै ट्रफीसहित सुतेको तस्बिर ‘पोस्ट’

काठमाडौं । नेपालले एसिसि प्रिमियर कपको उपाधि जितेको केही घण्टामै सोमपाल कामीले लियोनल मेस्सी स्टाइलमा ट्रफीसहित तस्विर सार्वजनिक गरेका छन् ।

उनले ट्रफीसहित ओछ्यानमा सुतिरहेको तस्विर सामाजिक सन्जालमा राखेका छन्। यसअघि लियोनल मेस्सीले विश्वकप जितेपछि यसरी नै विश्वकप ट्रफीसहित सुतेको तस्विर सार्वजनिक गरेका थिए। मेस्सीले उपाधि जितेको भोलिपल्ट उक्त तस्विर राखेका थिए ।

कामीले भने उपाधि जितेको केही घण्टामै ट्रफीसहित सुतेको तस्बिर राखेका हुन्। नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाएको छ।

कप्तान रोहित पौडेल, करन केसीसहित थुप्रै खेलाडीले पनि ट्रफीसहित सुतिरहेको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरू भने जर्सीमै देखिन्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर