मुस्ताङमा चोरेर भागेका रामेछापका मोक्तान भक्तपुरमा पक्राउ – Nepal Press

मुस्ताङमा चोरेर भागेका रामेछापका मोक्तान भक्तपुरमा पक्राउ

काठमाडौं । मुस्ताङको वारागुङ गाउँपालिका- १ स्थित एक खाजा घरमा ५ लाख रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले रामेछापको सुनापती गाउँपालिका- २ का ३२ वर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको हो ।

प्रहरीलाई मोक्तानलाई भक्तपुरको सूर्यविनायक नपा- ८ जगातीबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोक्तानले गएको पुस १२ गते चोरी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *