एसिया कप नेपालमा आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह – Nepal Press

एसिया कप नेपालमा आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह

काठमाडौं । एसिया कप क्रिकेट आयोजना अनिश्चित बनिरहेका बेला नेपालमा आयोजनाका लागि पहल गर्न रास्वपा सभापति रवि लामिछानेले सरकारलाई आग्रह गरेका छन् ।

नेपालले एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएपछि बधाई दिँदै रविले भारत भ्रमणका क्रममा यो एजेन्डा सामेल गर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।

पाकिस्तानमा हुने भनिएको यो प्रतियोगिता खेल्न जान भारतले मानिरहेको छैन । यही कारण प्रतियोगिता अनिश्चित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर